images
images

एप्पल कम्पनीले सार्वजनिक गर्याे आइफोन १४


  • 466
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    एप्पल कम्पनीले  सार्वजनिक गर्याे आइफोन १४

    काठमाडौं । एप्पल कम्पनीले आइफोन १४ सार्वजनिक गरेको छ । बुधबार कम्पनीले आइफोन १४ सार्वजनिक गरेको हो । उक्त कम्पनीले सार्वजनिक गरेको मध्ये आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स सार्वजनिक गरेको छ । 

    यस आइफोन १४ मोडेलमा ६.१ इंचको स्क्रीन छ, प्लस मोडेल ६.७ इंच स्क्रीनको रहेको छ । यसको साथमा यो स्मार्टफोनमा सैटेलाइट कनेक्टिभिटी जोडिएको छ, जो फिचर अब सबैभन्दा उत्कृष्ट सुविधा रहेको कम्पनीले जनाएको छ । 

    आइफोन १५ बजारमा ५ कलरमा अप्शन, मिडनाइट, स्टारलाइट, पर्पल, ब्लू र प्रोडक्ट रेड कलरमा उपलव्ध रहेको छ भने एपल को प्रोमो मोडेल को चार कलर वेरिएन्ट स्पेस ब्ल्याक, पर्पल, सिल्भर र गोल्ड मा सार्वजनिक गरेको छ । 

    आईफोन १४ को मूल्य ७९९ अमेरिकी डलर र आइफोन १४ प्लसको मूल्य ८९९ अमेरिकी डलर रहेको छ ।  आइफोन १४ को सेल १६ सेप्टेम्बर देखि सुरु हुनेछ र आइफोन १४ प्लसको सेल ७ अक्टूबर देखि सुरु हुनेछ। त्यस्तै, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्समा भने ‘ए सिक्सटिन’ बायोनिक चिपसेटमार्फत फोनलाई पावर दिने प्रविधि राखिएको कम्पनीले जनाएकाे छ । 


    images

    Logo