images
images

नोकिया जी–११ प्लस सार्वजनिक, कति पर्छ मुल्य ? 


  • 439
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    नोकिया जी–११ प्लस सार्वजनिक, कति पर्छ मुल्य ? 

    काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया न्ज्ञज्ञ प्लस सार्वजनिक गरेको छ ।  जी–सेरिजको सफलतासंगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री सहितको नोकिया जी–११ प्लस सार्वजनिक गरेको हो । 

    यस फोनमा तीन दिन सम्मको लामो समय टिक्ने ब्याट्री रहेका छ भने अन्य स्मार्टफोनको तुलनामा तीन वर्ष लामो मासिक सुरक्षा अपडेटहरू रहेका छन् । 

    एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भने, “प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया न्ज्ञज्ञ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ ।  हामी हाम्रो गुणस्तर्य निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं।”

    यो फोन पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध रहेका छ भने फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन छ । 

    यो फोनको मूल्य १९ हजार ४ सय ९९ रुपैयाँ रहेका छ । निलो रंगमा उपलब्ध नोकिया जी इलाभने प्लस आज बाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।


    images

    Logo