images
images

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट


  • 467
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट

    काठमाडौं ।  स्मार्ट फोन ब्राण्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा बिशेष छुट दिएकाे छ । साओमीले दशैँ, तिहार तथा छठको अवसरमा सिमित अवधिको लागि मोबाइल फोनहरुकाे उल्लेखनीय रुपमा मुल्य घटाएको हाे । 

    यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पाण्डेले भने 'नेपालीहरुको महान चाड दशैँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।'

    यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १ हजार रुपैँया र रेडमी नोट १२ सिरिजमा ३ हजारसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधिको लागि असोज २ गते देखि १७ गते सम्म लागु हुने कम्पनीले जनाएको छ । 

    price-list.webp


    images

    Logo