images
images

नबिल इन्भेष्टमेण्ट बैंकिंगले ल्यायो मिश्रित लगानी व्यवस्थापन सेवा संचालन


  • 422
    SHARES
  • २०७९ आश्विन ६ गते बिहीबार

    नबिल इन्भेष्टमेण्ट बैंकिंगले ल्यायो मिश्रित लगानी व्यवस्थापन सेवा संचालन

    काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले  मिश्रित लगानी व्यवस्थापन सेवा संचालन ल्याएको छ । यस बैंगिग सेवाले २०७९ भाद्र महिना देखि लागु हुने गरी  शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

    सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड÷डिबेञ्चर, ईक्विटी, आईपीओ, एफपीओ र हकप्रद शेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ । 

    यस व्यवस्थापनमा लगानीकर्ता गर्ने खोजन ल्याउने न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मुल्य बराबरको शेयर उपलब्ध गराई प्रवेश गर्न सकिने छ भने न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ बर्ष पछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ कम्पनीले जनाएको छ ।   

     


    images

    Logo