काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।
डाटा प्याक अन्तर्गत १० दिनको लागि २ सय ९४ रुपैयाँमा २० जीबी डाटा र ३ दिनको लागि ९८ रुपैयाँमा ६ जीबी डाटा प्रयोग गर्न कम्पनीले जनाएको छ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समयमा पनि प्रयोग गर्न कम्पनीले जनाएको छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० रुपैयाँ देखि ४९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।


