images
images

सर्टिफिकेट धितोमा कर्जाबारे गभर्नर : कोही माग्न आयो भन्दैमा २५ लाख दिइहाल्ने होइन


  • 1.8K
    SHARES
  • २०७८ जेठ २४ गते सोमबार

    सर्टिफिकेट धितोमा कर्जाबारे गभर्नर : कोही माग्न आयो भन्दैमा २५ लाख दिइहाल्ने होइन

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत् ल्याएको शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने व्यवस्थाको कार्यान्वयनका लागि तयारी थालेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटको कार्यान्वयनकाे सम्भावना र चुनाैतीको सम्बन्धमा आयोजना गरेको अन्तरक्रियाका गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

    उनले शैक्षिक प्रमाणपत्र धितोमा राखेर कसरी कर्जा दिन सकिन्छ र त्यसबाट आउनसक्ने जोखिमलाई कम कसरी गर्न सकिन्छ भन्ने छलफल सुरु भएको बताए । उनले अहिले राष्ट्र बैंकले २ वटा टाक्सफोर्स बनाएको जानकारी दिँदै एउटा फोर्सले अर्थ मन्त्रालय र अर्को फोर्सले वित्तीय र निजी क्षेत्रसँग छलफल अघि बढाएको बताए । उनले शैक्षिक प्रमाणपत्र धितो भन्दैमा सर्टिफिकेट बोकेर आउँदैमा २५ लाख दिएर पठाउने खालको नभएर योजनाको सम्भावना र उद्देश्यका आधारमा चाहिएको बेला मात्रै ऋण दिने उनले बताए । 

    आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्थमन्त्री विष्णु पाैडेलले स्नातक तह उतीर्ण गरेका विद्यार्थीहरुका लागि शैक्षिक प्रमाणपत्र धिताेका २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने व्यवस्थ गरेको थिए । 


    images

    Logo