काठमाडौं । भारतीय कम्पनी एनएचपीसीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ । विहीबार लगानी बोर्डले पश्चिम सेती जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको लागि लाइसेन्स दिएको हो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायव महाप्रवन्धक अशोक कुमार जोशीलाई अनुमति पत्रमा हस्तान्तरण गरेका थिए ।
उनले तोकिएको समय भित्र अध्ययन पूरा गर्न आग्रह गरका छन्। ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक प्रतिवेदन ३ महिनाभित्र र प्रारम्भिक प्रतिवेदन बुझाएपछिको २१ महिनाभित्र डीपीआर पेश गर्नुपर्नेछ ।