काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले ३.३६६३ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय ७८ दशमलव ०१ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ सय ८४ रुपैयाँमा भएको थियो ।