images
images

रियलमीको नयाँ स्मार्टफोन सीथर्टीएस सार्वजनिक, कतिपर्छ मूल्य ?


  • 520
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    रियलमीको नयाँ स्मार्टफोन सीथर्टीएस सार्वजनिक, कतिपर्छ मूल्य ?

    काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सि सिरिज अन्तर्गत नयाँ रियलमी सीथर्टीएस सार्वजनिक गरेको छ । इन्डस्ट्रि लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सीथर्टीएस सुरक्षा र गतिको उत्तम संयोजन भएको कम्पनी बताउँछ ।

    कम्पनीको अनुसार ५ हजार एमएएच ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी सिथर्टीएसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्नेछ ।

    लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि सिथर्टीएस राम्रो विकल्प भएको बताए । ‘रियलमीको यो सि सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ । डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी सिथर्टीएस हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।

    रियलमी सीथर्टीएसको मुख्य विशेषताहरू मध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो । सी सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउनुको साथै निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ ।

    माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५ एमएम बडी भएको रियलमी सिथर्टीएसको तौल केवल १ सय ८२ ग्राम रहेको छ । रियलमी सिथर्टीएसमा स्क्रिन–टु–बडी रेसियो ८८.७५ रहेको छ । युनिसोक अक्टा–कोर प्रोसेसरद्वारा संचालित, रियलमी सिथर्टीएसले प्रयोगकर्ताहरूलाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ ।

    ८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको रियलमी सिथर्टीएस स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरी दुई रंगहरूमा उपलब्ध छन् । यसको ३२ जिबिको मूल्य १३ हजार ४ सय ९९ रुपैयाँ र ६४ जिबीको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।


    images

    Logo