images
images

११ महिनामा १ खर्ब २१ अर्बको वस्तु निर्यात, व्यापार घाटा अझै १२ खर्ब ६२ अर्ब


  • 1.1K
    SHARES
  • २०७८ आषाढ ९ गते बुधबार

    ११ महिनामा १ खर्ब २१ अर्बको वस्तु निर्यात, व्यापार घाटा अझै १२ खर्ब ६२ अर्ब

    काठमाडौं ।  चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जेठसम्म नेपालबाट बाहिरी देशमा खर्बभन्दा मालवस्तुको निर्यात भएपनि कुल  वैदेशिक व्यापार  घाटा भने बढेर १२ खर्ब ६२ अर्ब ११ बरमेड रुपैयाँ पुगेको भन्सार विभागका महानिर्देशक यसलाल भुसालले जानकारी दिए ।

    ‘यो अवधिमा १५ खर्ब ४ अर्ब वैदेशिक व्यापार भएको छ,’ उनले भने ‘निर्यातको हिस्सा बढ्दै गएपनि व्यापार घाटा भने अझ चुलिएको छ । 

    गत आर्थिक वर्षको साउनदेखि जेठसम्मको यो अवधिमा कुल ११ खर्ब ८८ अर्ब रुपैयाँको मात्रै वैदेशिक व्यापार भएको थियो । सो व्यापारमा ८८ अर्ब निर्यात हो भने बाँकी ११ खर्ब आयात हो । 

    गत आर्थिक वर्षको भन्दा यस वर्ष २५ प्रतिशतभन्दा बढीले आयात बढेको छ भने करिब ३८ प्रतिशतले निर्यात बढेको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा बढेको निर्यातले व्यापार घाटमा कुनै असर पार्न सकेको देखिदैन ।  


    images

    Logo