दरम खोला हाइड्रो इनर्जीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
दरम खोला हाइड्रो इनर्जीलिमिटेडकोबाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशतकार्य सम्पन्न भईसकेको छ ।