images
images

पूर्वाधारसम्वद्ध निकायका कारण सेवामा समस्या आएको टेलिकमको गुनासो


  • 384
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    पूर्वाधारसम्वद्ध निकायका कारण सेवामा समस्या आएको टेलिकमको गुनासो

    काठमाडौं । नेपाल टेलिकमले सडक, ढल, खानेपानी र विद्युत्सम्बन्धी निकायको गतिविधिका कारण सेवामा गुणस्तर कायम हुन नसकेको गुनासो गरेको छ । त्यस्ता निकायहरुले गर्ने पूर्वाधार निर्माण, मर्मत, विस्तार तथा स्थानान्तरण कार्यले टेलिकमको संरचनामा क्षति पुग्ने गरेको र यही कारणले सेवा अवरुद्ध हुने गरेको जनाएको हो । 

    केही दिनदेखि काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने ९सुविधानगर०, लुभु, कीर्तिपुर लगायत क्षेत्रमा यही कारण सेवामा समस्या आएको टेलिकमले प्रष्ट पारेको छ । टेलिकमले हाल अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायत संरचनासँग आवद्ध भइ सेवा दिइरहेको छ । 

    यी समस्याहरुको शीघ्र समाधान गर्न टेलिकम तयार रहेको भन्दै क्षतिको प्रकृति अनुसार सेवा सुचारु हुन समय लाग्नसक्ने समेत टेलिकमले प्रष्ट पारेको छ । साथै, टेलिकम सेवा निकै संवेदनशील रहेको भन्दै यसमा क्षति हुने अवस्थामा टेलिकमसँग समन्वय गर्न पूर्वाधारसम्बद्ध निकायहरुलाई टेलिकमले आग्रह गरेको छ ।


    images

    Logo