काठमाडौं । बुलेट बाइकको रुपमा चिनिने रोयल इन्फिल्ड बाइकका विभिन्न मोडलहरुको नयाँ मूल्य सार्वजनिक भएको छ । रोयल इन्फिल्डका लागि नेपालको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले नेपालमा बिक्री हुने ७ प्रकारका मोडलको मूल्य सार्वजनिक गरेको हो ।
यसअनुसार सो बाइकको मूल्य नेपालमा ४ लाख ६७ हजार रुपैयाँदेखि १२ लाख ४९ हजारसम्म तोकिएको छ ।
