images
images

स्यानिटरी प्याड उत्पादन गर्दै पवन गोल्यान, असोजसम्म उत्पादन शुरु हुने


  • 542
    SHARES
  • २०७८ आषाढ १८ गते शुक्रबार

    स्यानिटरी प्याड उत्पादन गर्दै पवन गोल्यान, असोजसम्म उत्पादन शुरु हुने

    कोरोना महामारीका कारण पछाडि धकेलिएको यो प्रोजेक्टले असोजसम्म उत्पादन शुरु गर्ने उद्यमी गोल्यानले बताए । उनले यो उद्योग आफ्नै पुँजीमा सञ्चालन गर्न लागेका हुन् । यसमा समूहको लगानी रहँदैन । 

    काठमाडौं । उद्यमी पवन गोल्यानले स्यानिटरी प्याड उत्पादन गर्ने भएका छन् । पछिल्लो समय कृषि क्षेत्रमा लगानी गरेका गोल्यानले अबको तीन महिनामा स्यानिटरी प्याड उत्पादन शुरु गर्ने उनले बताएका हुन् । 

    कोरोना महामारीका कारण पछाडि धकेलिएको यो प्रोजेक्टले असोजसम्म उत्पादन शुरु गर्ने उद्यमी गोल्यानले बताए । उनले यो उद्योग आफ्नै पुँजीमा सञ्चालन गर्न लागेका हुन् । यसमा समूहको लगानी रहँदैन । 

    उद्यम व्यवसायको सिलसिलामा देशका गाउँ गाउँ पुगेका गोल्यानलाई महिलाहरूकै सक्रियतामा महिलाका लागि केही विशेष उत्पादन ल्याउन उद्देश्यका साथ उनी आफैले यो उद्योग शुरु गर्न लागेका हुन् । 

    पछिल्लो समय हरेक उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा लागेका गोल्यानले अहिले स्यानिटरी प्याड उत्पादन गर्न लागेको उनले बताए । गोल्यानले उक्त स्यानिटरी प्याड उद्योग काठमाडौं मै स्थापना गर्न लागेका हुन् । 

    यस अघि प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहअन्तर्गतको एग्रो प्रा.लि.ले ‘माटो ब्राण्ड’ मा विभिन्न कृषि उपजहरू बजारमा आएका छन् ।  

    ‘आत्मनिर्भरताको उपाय खोजौ, नेपाली माटोको उत्पादन रोजौ’ भन्ने नारासहित बजारमा आएको यो ब्राण्ड पूर्ण अर्गानिक ब्राण्ड हो । गोल्यान समूहले नेपालीको भान्सामा विषादी रहित खाना पुर्याउने मूल उद्देश्यका साथ अर्गानिक उत्पादन र वितरण सुरु गरेको हो । स्वस्थ नागरिक र स्वस्थ देशको परिकल्पना लिएर विषादी रहित प्राङगारिक उत्पादन लिएर माटो ब्राण्ड आएको हो । अहिले बजारमा माटो ब्राण्डका ३० देखि ४० वटा कृषि उत्पादन आइसकेका छन् । 

    कृषक र उपभोक्ता दुवैलाई अधिकतम लाभ दिने तथा दिगो कृषि व्यवसायको विकास गर्न देशभरीबाट नै कृषिजन्य उत्पादनहरू संकलन गरी बिक्रि वितरण गोल्यान समूहले शुरु गरिसकेको छ । गोल्यानका अनुसार माटो ब्राण्डमा उत्पादन, संकलन र बजारीकरण गर्ने सम्पूर्ण कृषि उपजहरू रासायनिक विषादिमुक्त हुनेछ । अन्य तरकारी तथा फलफूलभन्दा प्राङगारिक तरिकाले उत्पादन भएको तरकारी तथा फलफूलमा ४०–५० प्रतिशत बढि एन्टिअक्सिडेन्ट (रोग प्रतिरोधक गुण) हुन्छ ।

    अहिले २०० बिघामा व्यवसायिक फार्मको स्थापना गरेको छ जसले देशको उत्पादन वृद्धि गर्ने अभियानमा टेवा पुर्याएको छ ।
    देश विदेशमा विषादीमुक्त कुषिजन्य उत्पादनहरुको बिक्रि वितरण गर्ने अभियान स्वरुप माटो ब्राण्ड बजारमा ल्याएको हो । कम्तीमा पनि कृषि उत्पादनको आयात प्रतिस्थापन गर्दै व्यापार घाटा कमी गराउनुको साथै कृषकहरुको स्तरोन्नती र रोजगारीको वातावरण सिर्जना हुने समूहको विश्वास छ ।

    गोल्यान ग्रूपले कृषिका साथै पूर्वाधार निर्माण, हस्पिटालिटी, वित्तीय क्षेत्र, उत्पादनमूलक, नवीकरणीय ऊर्जादेखि जलविद्युतको क्षेत्रमा पनि लगानी गरेको छ । गोल्यान समूह नेपालको अग्रणी व्यवसायिक समूह हो, जसको वार्षिक कारोबार २० करोड डलरको छ । गोल्यान समूहले देशको कुल निर्यातको करिब ९ प्रतिशत हिस्सा ओगटेको छ । 


    images

    Logo