images
images

एफएनसीसीआईका पूर्व उपाध्यक्ष प्रधानको निधन


  • 1.1K
    SHARES
  • २०७८ आषाढ १९ गते शनिबार

    एफएनसीसीआईका पूर्व उपाध्यक्ष प्रधानको निधन

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पूर्व उपाध्यक्ष हेमवहादुर प्रधानको निधन भएको छ । प्रधानको गत आइतबार निधन भएको महासंघले जनाएको छ । महासंघले आज शनिबार शोक सभा आयोजना गरेको थियो । महासंघद्वारा शोक विज्ञप्तीमा भनिएको छ ‘उहाँको निधनबाट महासंघ परिवार सहित सिंगो निजी क्षेत्र स्तव्ध भएको छ । 

    पूर्व उपाध्यक्ष प्रधान तत्कालिन गण्डकी अञ्चलको प्रतिनिधित्व गरी विक्रम सम्वत २०४१ सालमा महासंघमा प्रवेश गर्नु भएको थियो । पछि विक्रम सम्वत २०४१–४४ को कार्यकालमा कार्यकारिणी समितिको सदस्य र विक्रम सम्वत २०४४/४७ कार्यकालमा महासंघको उपाध्यक्ष भएका थिए । महासंघसंग प्रत्यक्षरूपमा पछि जोडिनु भएपनि बिक्रम सम्वत २०२५/२६ देखिनै महासंघका हरेक क्रियाकलापमा प्रधानको सहभागिता रहँदै आएको थियो । 

    महासंघमा विभिन्न पदमा रही सिंगो निजी क्षेत्र र मुलुकभित्र उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा पूर्व उपाध्यक्ष प्रधानले उल्लेख्य योगदान पु¥याउनु भएको महासंघले जनाएको छ । समाजसेवामा पनि सक्रिय प्रधान महासंघको सदस्य पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र पोखराका अग्रणी उद्यमी हुन् ।   

    महासंघको संस्थागत विकास र भौतिक पूर्वाधार निर्माणमा पनि प्रधानको अमूल्य योगदान रहेको छ । आफ्नो कार्यकालमा महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरूमा भएका व्यापार भ्रमणका क्रममा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरूमा सशक्त आवाज राख्ने राखेका थिए । 

    मुलुकभित्रका उद्योग व्यवसाय बलियो बनाएर मात्र आर्थिक उदारीकरणमा जानुपर्ने विषयमा तत्कालिन अवस्थामा बलियो धारणा बनाउनु भएका पूर्व उपाध्यक्ष प्रधान सरकारको अदुरदर्शी नीतिले गर्दा सधै आयातित सामानले देशको अर्थतन्त्र कमजोर बन्दै गएको र निर्यात भन्दा आयात बढी हुंँदै जांदा व्यापार घाटा दिनदिनै बढ्दै गएको र देश कमजोर बन्दै गएको बताउनु हुन्थ्यो जुन कुराले मुलक यद्यपी पीडित छ । 

    देशको अर्थतन्त्र बलियो हुन आयात प्रतिस्थापन हुने निर्यातमूलक उद्योगहरूको स्थापना हुनुपर्ने कुरामा बलियो मान्यता राख्नु हुने र चेम्बर अभियानमा समेत क्रियाशिल पूर्व उपाध्यक्ष प्रधानले आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको भूमिकालाई समग्र निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने छ ।

    निजी क्षेत्रलाई उद्योग व्यवसायको विकास मार्फत राष्ट्रिय अर्थतन्त्रको विकासमा एक ढिक्का बनाउने हो भने नेपाल उद्योग वाणिज्य महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने विचार राख्नुहुने पूर्व उपाध्यक्ष प्रधानको बिचार आज पनि अत्यन्त सान्दर्भिक देखिन्छ । 

    स्वर्गीय प्रधानका एक छोरा, ५ छोरीहरू हुनुहुन्छ । पूर्व उपाध्यक्ष प्रधानको निधनबाट सिंगो निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ भने महासंघले आफ्ना अग्रज गुमाएको छ । दुःखको यस घडीमा सिंगो महासंघ परिवार, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछौं ।  

     


    images

    Logo