images
images

स्टुडेन्ट एम्बेस्डर कार्यक्रम आजदेखि काठमाडौंमा सुरु


  • 421
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    स्टुडेन्ट एम्बेस्डर कार्यक्रम आजदेखि काठमाडौंमा सुरु

    काठमाडौं । आजदेखि काठमाडौंमा स्टुडेन्ट एम्बेस्डर कार्यक्रम आयोजना हुँदैछ । बिहान ८ बजेदेखि काठमाडौंको बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजको हलमा कार्यक्रम आयोजना हुन लागेको आयोजक संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले जनाएको छ । 

    कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई संस्कृति, सम्पदा, परम्परा आदि विषयमा जानकारी दिइने छ । त्यस्तै, कार्यक्रमको दोस्रो दिन विद्यार्थीलाई पाटन दरबार क्षेत्र, पशुपति क्षेत्र र बौद्धनाथमा स्थलगत अवलोकनको लागि लगिने कार्यक्रम संयोजक रामकुमार राईले जानकारी दिए । 

    यसरी कार्यक्रममा सहभागीमध्येबाट दुई जनालाई स्टुडेन्ट एम्बेस्डरका लागि छनोट गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागी हुने अवसर दिने योजना रहेको संस्थाले जनाएको छ । 

    शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।  


    images

    Logo