images
images

नबिल बैंकले ल्यायो नबिल ढुक्क बचत खाता, के-के छन् सुविधा ?


  • 444
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    नबिल बैंकले ल्यायो नबिल ढुक्क बचत खाता, के-के छन् सुविधा ?

    काठमाडौं । काठमाडौं नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ।

    उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।

    त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।

    नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । 


    images
    images

    Logo