काठमाडौं । सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ ल्याएको छ । जसमा ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै धेरै विशेषता रहेको कम्पनीले जनाएको छ ।
यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केहीअद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र२३६ जिबिको आन्तरिक स्टोरेज क्षमता युक्त ६ जिबि वा ८ जिबि ¥यामका साथ काम गर्छ । साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ।
ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठ भागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपिम्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपिसेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरुसहित शक्तिशाली ५ हजार एमएएच ब्याट्री पनि जडान गरिएको छ ।
त्यसैले अब तपाई्रंले आफ्नो वरिपरिका अद्भुत दृश्यहरु क्याप्चरगर्दा र क्लिकगर्दा स्टोर वा समय समाप्तहुने चिन्ता लिन छाडिदिनु होस् किनकी ग्यालेक्सी ए२४ एलटिइमा स्टोर गर्नकोलागि प्रशस्त क्षमता छ । स्टोरको कुरा गरिरहँदा तपाई्रले केहीअद्वितीय एप्हरु र फिचरहरु पाउन सक्नु हुनेछ, जुन तपाईंले फोनबाट प्राप्त गर्नु हुने विशेषताहरुसंग राम्ररी मेल खान्छ ।
तपाई्रले अब बजारमा उपलब्धभएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरीद गरेर पूर्णतःनयाँ मोबाइलको अद्भुत अनुभव संगाल्न सक्नु हुन्छ । ६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य .२८, हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ भनें ८+ १२८ जिबिको मोबाइल ३१ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।


