images
images

लकडाउनमा पनि शेयर बजारले देखायो ‘पोजिटिभ भाइभ’, ‘टेष्ट बायर्स’को संख्या बढ्नाले बजारमा हरियाली


  • 756
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    लकडाउनमा पनि शेयर बजारले देखायो ‘पोजिटिभ भाइभ’, ‘टेष्ट बायर्स’को संख्या बढ्नाले बजारमा हरियाली

    काठमाडौं । कोभिड–१९ रोगको दोस्रो लहरले निम्त्याएको दोस्रो लकडाउनको पहिलो दिनमा नेपाली शेयर बजारमा सकारात्मक संकेत देखिएको छ । बिहीबारको बजारमा कारोबार भएको ३ घण्टा बढीको अवधिसम्म बजार परिसूचकमा २० अंकभन्दा बढीको वृद्धि देखिएको छ भने करिब ३ अर्बको कारोबारसमेत भईसकेको छ । बिहीबारको बजारमा सिँगटी हाइड्रो, महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य अधिकांश कम्पनीहरुमा समेत हरियाली छाएको छ । लकडाउनका कारण अर्थतन्त्रमा असर पर्ने र त्यसको प्रभाव शेयर बजारमा समेत देखिने विश्लेषण गरिएतापनि बजारले भने फरक लय समातेको हो । 
    किन बढ्दैछ बजार ?
    अहिले बजार बढ्नुका विविध कारण रहेका छन् । खासगरी टेष्ट बायर्स अर्थात् परीक्षण लगानीकर्ताका कारण बजार बढेको विश्लेषण गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञाका कारण अधिकांश कार्यालय एवं संघसंस्थाहरु बन्द भएपछि नयाँ लगानीकर्ताहरुले परीक्षण लगानीका रुपमा बजारमा प्रवेश गरेपछि बजारमा हरियाली देखिएको विश्लेषकहरुको दाबी छ । हाल धेरैजसो शेयर कारोबार अनलाइन प्रणाली अर्थात् टीएमएसका माध्यमबाट हुने, खरिद र बिक्रीपश्चात् ब्रोकर कार्यालयमा भौतिक उपस्थिति हुनु नपर्ने एवं पछिल्लो त्रैमासका अधिकांश संस्था एवं कम्पनीहरुको वित्तीय विवरण सकारात्मक देखिएकाले पनि बजारमा हरियाली छाएको विश्लेषण गरिएको छ । 


    images

    Logo