काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार दुई कम्पनीका थप सेयर सूचीकृत भएका छन् । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बोनस सेयर तथा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनको ९.५ प्रतिशत बोनसबापतको ३ लाख ४ हजार ६८१.१०७२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । सूचीकरणपछि उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्रै कारोबार गर्न सकिनेछ ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १० प्रतिशत हकप्रद सेयर बुधबार सूचीकरण गरिएको हो ।
हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत हुँदैमा तत्काल कारोबार गर्न भने मिल्ने छैन । सम्बन्धित सेयरधनीको डिम्याट खातामा सेयर जम्मा भएपछि मात्रै खरिद–बिक्री गर्न सकिनेछ ।



