images
images

नेप्से परिसूचक सात अङ्कले बढ्यो


  • 122
    SHARES
  • २०८३ भाद्र ४ गते बिहीबार

    नेप्से परिसूचक सात अङ्कले बढ्यो
    काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९ दशमलव ४० को विन्दुमा पुगेको हो ।
     
    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८८ अङ्कले बढेर ४६२ दशमलव ८९ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ४२ अङ्कले बढेर १८० दशमलव ३८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५६ दशमलव ३१ मा पुगेको छ । 
     
    आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर रु चार अर्ब ४० करोड १४ लाख नौ हजार ८५८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये  छ उपसमूहको मूल्य बढ्नुका साथै सात उपसमूहको मूल्य घटेको छ । एक ३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ को घट्नुका साथै १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।
     
    नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले कमाएका छन् भने कुमारी धनवृद्धि योजना, कुमारी इक्युटि फण्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


    images
    images

    Logo