images
images

टेलिकमको अनलिमिटेड प्याकमा सुविधा थप, के–के थपियो ? 


  • 1.1K
    SHARES
  • २०८० जेठ १९ गते शुक्रबार

    टेलिकमको अनलिमिटेड प्याकमा सुविधा थप, के–के थपियो ? 

    काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजमा सुविधा थप गरेको छ । टेलिकमले ६ सय ३६ रुपैयाँमा ३० दिनका लागि कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने र अन्य नेटवर्कमा एक सय मिनेट कल गर्न सकिने जनाएको छ ।  


    साथै, यस अफर अन्तर्गत अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी यस अन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    पहिले सो ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिनेछ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ । 


    images
    images

    Logo