काठमाडौं । सामसङले ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा लिएर आएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली भएको कम्पनीले दावी गरेको छ । जसमा १०८मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्द रहेको कम्पनीले जनाएको छ ।
६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी ¥याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ ।
यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रोलेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् कम्पनीको दाबी छ ।
यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनिउत्कृष्ट फोटोहरु खिच्न दिन्छ । ग्यालेक्सी एपÞm ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ कम्पनीले उल्लेख गरेको छ ।
अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्नेछ । यतिमात्र हैन, ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाउने बताइएको छ ।
ग्यालेक्सी एफ ५४को ८+२५६ जीबी भेरियन्टको ५२ हजार ४ सय ९९ रुपैयाँमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


