images
images

सीईडीबी हाइड्रोपावरको आईपीओ खुल्दै, हाइड्रोभन्दा फरक, प्रतिफलको सम्भावना उच्च


  • 1.3K
    SHARES
  • २०७८ बैशाख १७ गते शुक्रबार

    सीईडीबी हाइड्रोपावरको आईपीओ खुल्दै, हाइड्रोभन्दा फरक, प्रतिफलको सम्भावना उच्च

    सीईडीबी हाइड्रोपावरको आईपीओ खुल्दै, हाइड््रोभन्दा फरक, प्रतिफलको सम्भावना उच्च

    काठमाडौं । सीईडीबी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनीको लिमिटेडको आईपीओ आजदेखि खुल्दैछ । सो कम्पनीको २५ करोड २८ लाख कित्ता बराबरको २५ लाख १८ हजार कित्ता शेयर शुक्रबारदेखि खुल्न लागेको हो । यो शेयर छिटोमा वैशाख २१ गते बन्द हुनेछ ।

    सो परिमाणको शेयरमध्ये २ प्रतिशतले हुने ५० हजार ३ सय ६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९ सय ११ कित्ता शेयर म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको २३ लाख ४१ हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण हुनेछ । अहिलेको बाँडफाँट प्रणाली अनुसार यो २ लाख २४ हजार जनाको लागि १०/१० कित्ताको दरले बाँडफाँट गर्न सकिनेछ । 

    कुल शेयरको ३० प्रतिशत सर्वसाधारणलाई दिएको सीडीईबीको चुक्ता पुँजी शेयर निष्कासनपछि ८३ करोड ९४ लाख रुपैयाँ पुग्नेछ । 

    कस्तो छ कम्पनी ? 

    सीईडीबी हाइड्रोपावर हाइड्रोपावर क्षेत्रमा अनुभवप्राप्त व्यक्तिले प्रवद्र्धन गरेको कम्पनी हो ।  कम्पनीका अध्यक्ष अनिलकुमार रुंगटा आफैं राधी जलविद्युत् आयोजनाका अध्यक्ष समेत हुन् ।

    राधी जलविद्युत् आयोजना जलविद्युत् कम्पनीमध्येको राम्रो जलविद्युत् आयोजना पनि हो । यो कम्पनीले अहिले पनि विभिन्न ७ वटा आयोजनाको प्रवद्र्धन तथा विकासको काम गरिरहेको छ । 

    अहिले पनि कम्पनीको नेटवर्थ १२४.९१ रुपैयाँ रहेको छ । दोस्रो बजारमा कारोबार खुल्दा यो अधिकतम ३ सय ७४ रुपैयाँसम्ममा कारोबार हुन सक्नेछ । यसले सुरुकै समयमा प्रतिफलको उच्च सम्भावना हुने अवस्था देखिन्छ । 


    images

    Logo