images
images

सबै श्रमिकले तलब बढाउनुपर्ने माग गरेपछि उद्योगीहरु तनावमा


  • 632
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    सबै श्रमिकले तलब बढाउनुपर्ने माग गरेपछि उद्योगीहरु तनावमा

    काठमाडौं । साउन १ गतेदेखि लागु हुन लागेको नयाँ न्यूनतम पारिश्रमिक अनुसार श्रमिकको तलब बराबरकै रकम अरु श्रमिकले समेत बढ्नुपर्ने माग गर्न थालेपछि उद्योगीहरु तनावमा परेका छन् ।

    कसैले समान अनुपात त कसैले समान रकममा तलब वृद्धिको माग गर्न थालेपछि उद्योगीहरु तनावमा पर्न थालेका हुन् । सोही कारण निजी क्षेत्रका प्रमुख तीन संस्थाले मंगलबार यो व्यवस्था न्यूनतम श्रमिकका हकमा मात्रै लागु हुने भन्दै विज्ञप्ती जारी गरेका छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा यस्तो विज्ञप्ती जारी गरेका छन् । उनीहरुले न्यूनतम भन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने प्रष्ट पारेका छन् । 

    उनीहरुले महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुबैको बचाउनुपर्ने भन्दै अहिलेको अवस्थामा उद्योग व्यवसायको पुनरूत्थानमा लागि सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प नरहेको बताएका छन् । 

    सरकारले साउन १ गतेदेखि लागु हुनेगरी चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि १५ हजार रुपैयाँ पारिश्रमिक तोकेको छ । यसमध्ये न्यूनतम तलब रू. ९ हजार ३ सय ८५ र महँगी भत्ता रू.५ हजार ६ सय १५ रुपैयाँ रहेको छ । हालसम्म न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ रहेको छ । 


    images

    Logo