काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना नवीनतम उत्पादनहरू, एमआई२३.८ ‘डेस्कटप मोनिटर १ र सीएमआई डेस्कटप मोनिटर २७’ सार्वजनिक गरेको छ । यी अत्याधुनिक मोनिटरहरू अद्भुत फिचरहरू र अत्याधुनिक प्रविधिको साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंण्डाले भने, ‘हाम्रा ग्राहकहरूमाझ एमआई२३.८ ‘डेस्कटप मोनिटर १ र सीएमआई डेस्कटप मोनिटर २७’ लिएर आउन पाउँदा हामी उत्साहित छौँ । यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टीमल पर्फोमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्छ । यी मोनिटरहरूद्वारा ग्राहकहरूले आफ्नो डेस्कटपसँग अन्तरक्रिया गर्ने तरिका नै परिर्वतन हुनेमा हामी विश्वास गर्दछौँ, चाहे त्यो कामको लागि होस् वा अरू कुनै विषयका लागि ।’
डिस्प्ले
एमआई २३.८ डेस्कटप मोनिटर १सी, प्रयोगकर्ताहरूलाई इमर्सिभ भिजुअल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो जसले २३.८ यन्ज आइपीएस एफएचडी डिस्प्लेसँग स्पष्ट र साँचिकै अगाडि भए जस्तो डिटेलहरू प्रदान गर्दछ । १७८ं भियुइंग एंगल भएको यस मोनिटर काम र मनोरञ्जन दुवैका लागि उत्कृष्ट रोजाइ हो ।
‘एमआई डेस्कटप मोनिटर २७’ ले आफ्नो अत्याधुनिक डिस्प्ले र शक्तिशाली प्रदर्शनको साथ डेस्कटप कम्प्युटिङलाई नै एक नयाँ स्तरमा पुर्याउँछ । २७ इन्च आइपीएस एफएचडी डिस्प्लेसहित भियुइंग एंगलले स्पष्ट र आफ्नो अगाडि नै भए जस्तो डिटेलहरू प्रदान गर्छ । व्यावसायिक डिजाइनका काम, गेमिङ, मल्टिमिडिया जस्ता सबै कामका लागि यो मोनिटरले एक उच्चस्तरीय अनुभव प्रदान गर्छ ।
फास्ट रेस्पोन्स
फास्ट रेस्पोन्स र टण्ज्श रिफ्रेस रेटसँग सुसज्जित एमआई २३.८ डेस्कटप मोनिटर १सी ले स्मुथ दृश्यहरू सुनिश्चित गर्दै मोशन ब्लरलाई कम गर्छ जसले गर्दा गेमरहरू र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्न सक्दछ ।
बजार उपलब्धता
‘एमआई २७ डेस्कटप मोनिटर र एमआई २३.८ डेस्कटप मोनिटर १सी को बजार मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ र १९ हजार ९ सय ९९ रुपैयाँ हो र नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरूमा यी मोनिटरहरु उपलब्ध हुनेछ ।


