images
images

कम्पनी दर्ताः २ लाख ६२ हजार कम्पनी, २३ खर्बभन्दा बढी चुक्ता पुँजी


  • 1.0K
    SHARES
  • २०७८ श्रावण ३ गते आइतबार

    कम्पनी दर्ताः २ लाख ६२ हजार कम्पनी, २३ खर्बभन्दा बढी चुक्ता पुँजी

    काठमाडौं । गत आर्थिक वर्षको अन्तिमसम्म नेपाल कुल २ लाख ६२ हजार कम्पनी दर्ता भएको छन् । यी कम्पनीहरूको चुक्ता पुँजी २३ खर्ब १५ अर्ब नाघेको छ । 

    कोरोना महामारीकै बीच गत आर्थिक वर्षमा २६ हजार कम्पनी थपिएको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रदीप अधिकारीले जानकारी दिए । ‘कोरोना महामारी कैबीच गत वर्ष अघिल्लो आर्थिक वर्षकोभन्दा ८ हजार बढी कम्पनी दर्ता भएका छन्,’ उनले भने ‘कम्पनी दर्ता हुने क्रम बढ्दो छ ।’ उनका अनुसार अघिल्लो वर्ष १८ हजार कम्पनी दर्ता भएका थिए । 

    गत आर्थिक वर्षसम्म दर्ता भएका प्राइभेट कम्पनीमा ६ लाख ८२ हजार ४९३ सेयर होल्डर सदस्य रहेका छन भने मुनाफा वितरण नगर्ने कम्पनीमा २२ हजार ५०४ सदस्य रहेको कार्यालयको तथ्यांक छ । 

    हाल नेपाल २ लाख ५४ हजार ९४५ प्राइभेट कम्पनी, ३ हजार ३९५ मुनाफा वितरण नगर्ने कम्पनी, १ हजार ६४६ पब्लिक कम्पनी र १ हजार ६४६  वैदेशिक लगानीका कम्पनी रहेको कार्यालयका रजिष्ट्रार अधिकारीले बताए । 

     


    images

    Logo