काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार नेप्से परिसूचक ९७.२१ अंकल बढेर २९८०.६१ विन्दुमा सीमित भएको छ ।
आज २ करोड ८८ लाखको कित्ता सेयर ११ अर्ब ६३ करोडमा खरिद बिक्रि भएको छ ।
त्यसैगरि, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको भने सेयर मूल्य स्थिर अवस्थामा रहेको छ ।
उपसमूहतर्फ भने सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
आजको कारोबारमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नगादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।