काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ ।
सोमबार नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९४.५८ विन्दुमा पुगेको छ ।
आज ३ करोड ७२ लाखको कित्ता सेयर ११ अर्ब ६१ करोडमा खरिद बिक्रि भएको छ ।
त्यसैगरि आज ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ ।
उपसमूहतर्फ होटल एण्ड टुरिजम, डेभ्लोपमेन्ट बैंक, हाइड्रो पावर, फाइनान्स, माइक्रो फाइनान्स बाहेक सबैमा हरियाली छाएको छ ।
त्यस्तै, सबैभन्दा बढि कमाउनेमा सिर्नजी पावर डेभलपमेन्ट लि.रहेको छ ।