images
images

भदौ २६ देखि ३१ सम्म नाडा अटो शो आयोजना हुँदै, बुकिङ्ग खुला 


  • 575
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    भदौ २६ देखि ३१ सम्म नाडा अटो शो आयोजना हुँदै, बुकिङ्ग खुला 

    काठमाडौं । भदौ २६ देखि ३१ सम्म नाडा अटो शो २०२३ आयोजना हुने भएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै नाडा कम्पनीले उक्त आयोजनाबारे जानकारी दिएको हो । उक्त प्रदर्शनीका लागि बुकिङ्ग खुल्ला गरिएको छ । 

    आउदो नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने आयोजकले बताएका छन् । त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने आयोजकको दावी छ । झण्डै चार बर्षपछी हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा समेत आयोजकले राखेका छन् । 

    नाडाको आयोजनामा हरेक बर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेको थिएन । नाडा अटो शो २०२२ पनि सरकारले गत बर्ष केही सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना गर्न नसकेको विज्ञप्तीमा जनाइएको छ । प्रतिकुल अवस्था रहँदा पनि नाडालेआफनो इतिहासमा पहिलो पटक गतबर्ष भृकुटी मण्डपमा भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ सम्पन्न गरेकोबारे उल्लेख गरिएको छ । 

    कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बर्षहरुमा सम्पन्न प्रदर्शनीहरु भन्दा थप बृहत र भव्य हुने अपेक्षा आयोजकको छ । त्यसैगरी यस प्रदर्शनीमा नेपालभरीका अटोमोवाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा समेत गरिएको छ । 


    images

    Logo