images
images

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल


  • 996
    SHARES
  • २०७८ श्रावण ७ गते बिहीबार

    नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल

    काठमाडौं । विष्णुकुमार अग्रवाल नेपाल उद्योग परिसंघको अध्यक्ष बनेका छन् । बिहीबार बसेको परिसंघको १८औं वार्षिक साधारणभाले अग्रवाललाई अध्यक्ष चयन गरेको हो ।  उनी यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । परिसंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । 

    साधारणसभापछि अग्रवाललाई निवर्तमान अध्यक्ष सतीशकुमार मोरले टिका लगाएर कार्यभार हस्तान्तरण गरे । अब अग्रवालले आगामी २ वर्षसम्म परिसंघको नेतृत्व गर्नेछन् । 
     
    साधारणभाले परिसंघका ३७ जना राष्ट्रिय परिषद सदस्य समेत छानेको छ । संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

    यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा,  अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्।

    संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्त बहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।


    images

    Logo