काठमाडौं । सीईडीबी हाइड्रोपावरडेभलपमेन्ट कम्पनीमा पहिलो दिन नै ओभरसब्स्क्राइब भएको छ । आजदेखि खुलेको सो कम्पनीको आईपीओमा ३ लाख ९० हजार जनाले आवेदन दिएका हुन् ।
शुक्रबार साँझ ५ बजेसम्म ३ लाख ९० हजार ६५ लाख १३ हजार ९ सय २१ कित्ता शेयरको आवेदन गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
सो कम्पनीले २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।