images
images

सरकारले तोकेको पारिश्रमिक हामी दिन सक्दैनौं : नेपाल उद्योग परिसंघ


  • 399
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    सरकारले तोकेको पारिश्रमिक हामी दिन सक्दैनौं : नेपाल उद्योग परिसंघ

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी क्षेत्रले दिन नसक्ने बताएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सीएनआईले सोबारेमा जनाएको हो । 

    अर्थतन्त्र मन्दीमा रहेको, उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो रहेको र उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएका कारण उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका भन्नेबारे विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने उल्लेख गर्दै सीएनआईले निजी क्षेत्रले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्ने जनाएको हो । 


    images

    Logo