images
images

माछापुच्छे बैंंकले ल्यायो ‘प्रायोरिटी पास’ सुविधा, यस्ता छन् फाइदा


  • 598
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    माछापुच्छे बैंंकले ल्यायो ‘प्रायोरिटी पास’ सुविधा, यस्ता छन् फाइदा

    काठमाडौं । माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

    यो पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थीत १४०० प्लस एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

    ‘प्रायोरिटी पास’ले उडान गर्नु अघि, ‘एयरपोर्ट लाउन्ज’ अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा निशुल्क वाइफाइ प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्ने बैंकले जनाएको छ ।  

     


    images
    images

    Logo