काठमाडौं । यो साता नेपाल स्टक एक्चेञ्जमा १ करोड ७३ लाख कित्ता शेयर सुचीकृत भएको छ । विभिन्न ४ वटा कम्पनीको उक्त संख्यामा शेयर दोस्रो बजारमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसरी सूचीकृत हुने कम्पनीमा मल्टिप्रोपोज फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, गुडबिल फाइनान्स र समता लघुवित्त रहेका छन् ।
मल्टिप्रोपोज फाइनान्सले यसअघि हकप्रद शेयर निष्कासन गरेको थियो । सो कम्पनीको १७ लाख ५९ हजार कित्ता शेयर नेप्सेमा सूूचीकृत भएको हो ।
त्यस्तै, सिंगटी हाइड्रोपावरको भने आईपीओ सूचीकृत भएको हो । सो कम्पनीको १ करोड ४५ लाख कित्ता आईपीओ दोस्रो बजारमा थपिएको हो । योसँगै अब आईपीओ दोस्रो बजारमा कारोबारयोग्य हुनेछ ।
गुडबिल र समता फाइनान्सको भने बोनस शेयर सूचीकृत भएको हो । गुडबिलको ६लाख ७२ हजार कित्ता तथा समता लघुवित्तको ३ लाख ८२ हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । यो वर्ष गुडविलले ८.४ प्रतिशत र समताले २० प्रतिशत बोनस शेयर दिएको थियो ।


