images
images

वोमी माइक्रोफाइनान्सको नाफा करिब ७ गुणा बढ्यो


  • 412
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    वोमी माइक्रोफाइनान्सको नाफा करिब ७ गुणा बढ्यो

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको नाफा करिब ७ गुणा बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा आधारित वित्तीय विवरण अनुसार वोमीको नाफा ६ सय ६६ प्रतिशत बढेर १६ करोड ५ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ८ लाख मात्रै थियो । 

    एक वर्षको अवधिमा वोमीको व्यवसाय विस्तार करिब दोब्बर पुगेको छ । सो कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । अघिल्लो वर्षसम्म २ अर्ब रुपैयाँ मात्रै ऋण प्रवाह गरेको अवस्था थियो । 

    व्यवसाय विस्तारका बाबजुद कम्पनीले ब्याज खर्चमा धेरै वृद्धि नभएपछि वोमीले यो नाफा वृद्धि गर्न सकेको हो । यद्यपि यो अवधिमा वोमीको सञ्चालन खर्चमा भने निकै ठूलो वृद्धि देखिएको छ । 

    गत वर्ष वोमीले ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । एकीकृत कारोबारपछि कायम चुक्ता पुँजीमा वोमीको यो नाफा प्रतिशेयर करिब ३८ रुपैयाँ हो ।  


    images

    Logo