images
images

सहकारी बैंकलाई बैंकसरह मान्यता दिने अर्थमन्त्रीको घोषणा 


  • 604
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    सहकारी बैंकलाई बैंकसरह मान्यता दिने अर्थमन्त्रीको घोषणा 

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकलाई बैंकसरह मान्यता दिने घोषणा गरेका छन् ।  मंगलबार राष्ट्रिय सहकारी बैंकको १९ औँ बार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री शर्माले उक्त घोषणा गरेका हुन् ।

    हाल नेपाल क्लियरिङ हाउसले बैंक, विकाश बैंक तथा फाइनान्स कम्पनीले जारी गर्ने चेक मात्र राफसाफ गर्दै आएको छ । सहकारी बैंकले जारी गर्ने चेक सहकारी बैंकमा मात्रै चल्दै आएको छ । तर सहकारी बैंकलाई समेत अन्य बैंक सरह चेक क्लियरिङको सुविधा दिँदा सो बैंकले जारी गर्ने चेकले क, ख र ग बर्गका वित्तीय संस्था सरह मान्यता पाउँछ । 

    राष्ट्रिय सहकारी बैंक नेपाल राष्ट्र बैंककै स्विकृतिमा सञ्चालन हुने भएपनि कारोबारको आधारमा भने यो बैंकले निकै ठुलो बिभेद भोग्दै आएको थियो । यो घोषणा कार्यान्वयन भएमा सहकारी तथा बैंकिङ क्षेत्रको ब्याजदर अन्तर घटाउन महत्वपुर्ण भुमिका खेल्नेछ ।


    images

    Logo