images
images

एनआईसी एशिया क्यापिटलको नाफा ७१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ३६.५७ रुपैयाँ


  • 463
    SHARES
  • २०७८ बैशाख १८ गते शनिबार

    एनआईसी एशिया क्यापिटलको नाफा ७१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ३६.५७ रुपैयाँ

    काठमाडौं । एनआईशी एशिया क्यापिटलको नाफा ७१ प्रतिशतले बढेको छ । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।  

    क्यापिटलसँग १५ करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी छ । सो आधारमा प्रतिशेयर आम्दानी ३६.५७ रुपैयाँ बराबरको हो । 

    सो क्यापिटलले हाल ३ वटा म्युचुअल फण्ड सञ्चालन गर्ने गरेको छ । त्यसमध्ये एनआईशी एशिया ग्रोथ फण्ड, एनआईशी एशिया ब्यालेन्स फण्ड बन्दमुखी फण्ड हो भने एनआईशी एशिया डाइनामिक डेब्ट फण्ड खुलामुखी फण्ड हो ।

    अहिले सो कम्पनीले ३ लाख ७० हजार डिम्याट खाता खोलेको छ । खाता संख्याको आधारमा यो पहिलो नम्बरको कम्पनी हो । अहिले यो कम्पनीले विभिन्न ९ कम्पनीको शेयर रजिष्ट्रारको काम गरिरहेको छ ।


    images

    Logo