images
images

आइफोन –१५ सिरिज नेपाली बजारमा, कुन मोडलको मूल्य कति ?


  • 709
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    आइफोन –१५ सिरिज नेपाली बजारमा, कुन मोडलको मूल्य कति ?

    काठमाडौं । नेपाली बजारमा आइफोन – १५ सिरिज उपलब्ध भएको छ। बहुप्रतिक्षित मानिएको आइफोन – १५ सिरिज शुक्रबारबाट नेपाली बजारमा उपलब्ध भएको हो। हाल आइफोन – १५, आइफोन – १५ प्लस, आइफोन – १५ प्रो र आईफोन – १५ प्रो म्याक्स नेपाली बजारमा उपलब्ध छन्।

    नेपालमा आइफोन १५ (१२८ जीबी) को मूल्य १ लाख ५७ हजार ५ सय रुपैयाँ तोकिएको छ।आइफोन १५ (२५६ जीबी)को १ लाख ७६ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ पर्नेछ। यस्तै, आइफोन १५ प्लस १२८ जीबीको १ लाख ७६ हजार ५ सय रुपैयाँ, २५६ जीबीको १ लाख ९५ हजार ५ सय रुपैयाँ र ५१२ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ पर्ने नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता इभलुसन ट्रेडिङले जनाएको छ।

    त्यसैगरी, आइफोन १५ प्रो १२८ जीबीको १ लाख ९५ हजार ५ सय रुपैयाँ, २५६ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ, ५१२ को २ लाख ५३ हजार रुपैयाँ र १ टीबीको २ लाख ९० हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

    आइफोन १५ प्रो म्याक्स २५६ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार ५ सय रुपैयाँ र १ टीबीको ३ लाख ९ हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

    S. N

    Model Name

    Capacity

    MRP

    1

    iPhone 15

    128 GB

    157500

    2

    iPhone 15

    256 GB

    176500

    3

    iPhone 15

    512 GB

    214500

    4

    iPhone 15 Plus

    128 GB

    176500

    5

    iPhone 15 Plus

    256 GB

    195500

    6

    iPhone 15 Plus

    512 GB

    233500

    7

    iPhone 15 Pro

    128 GB

    195500

    8

    iPhone 15 Pro

    256 GB

    214500

    9

    iPhone 15 Pro

    512 GB

    253000

    10

    iPhone 15 Pro

    1 TB

    290500

    11

    iPhone 15 Pro Max

    256 GB

    233500

    12

    iPhone 15 Pro Max

    512 GB

    271500

    13

    iPhone 15 Pro Max

    1 TB

    309500

     


    images

    Logo