images
images

लघुवित्त कम्पनी बिर्साउने मञ्जुश्री फाइनान्सको नाफा, प्रतिशेयर आम्दानी ५९ रुपैयाँ !


  • 1.0K
    SHARES
  • २०७८ श्रावण २५ गते सोमबार

    लघुवित्त कम्पनी बिर्साउने मञ्जुश्री फाइनान्सको नाफा, प्रतिशेयर आम्दानी ५९ रुपैयाँ !

    काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आक्रमक प्रगति गरेको रिपोर्टहरु सार्वजनिक गरिरहँदा फाइनान्स कम्पनीले उस्तै उत्साहप्रद रिपोर्टहरु प्रकाशन गर्न थालेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा आधारित वित्तीय विवरणमा यस्तो देखिएको हो । 

    सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै मञ्जुश्री फाइनान्सले १ सय १६ प्रतिशत नाफा बढाएको वित्तीय विवरण प्रकाशन गरेको छ । फाइनान्सले यो अवधिमा ५६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा २६ करोड ३२ लाख रुपैयाँ मात्रै थियो । 

    कसरी बढायो नाफा?

    नाफा बढेको रिपोर्ट देखिए पनि मञ्जुश्रीको व्यवसाय भने यो वर्ष खस्किएको छ । वित्तीय संस्थाको सबैभन्दा महत्वपूर्ण मानिने खुद ब्याज आम्दानी यो वर्ष घटेको छ । बरु खुद आम्दानीभन्दा निकै बढी सञ्चालन आम्दानी गरेर मञ्जुश्रीको नाफा उच्च देखिएको छ । ५६ करोड रुपैयाँ नाफा रहेको मञ्जुश्री फाइनान्सले सञ्चालन आम्दानी मात्रै ७६ करोड रुपैयाँ देखाएको छ । 

    अहिले मञ्जुश्रीको चुक्ता पुँजी ९६ करोड रुपैयाँ छ । यो पुँजीका आधारमा यो नाफा प्रतिशेयर ५८.८५ रुपैंयाँ हो । ५६ करोडमध्ये करिब ४८ करोड रुपैयाँ शेयरधनीलाई बाँड्न मिल्ने देखिएको छ । यो प्रतिशेयर करिब ५० रुपैयाँ हो ।


    images

    Logo