काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित हुने सम्भावनापछि पोखरेलले राजीनामा दिएका हुन् ।
पोखरेलमाथि लगाइएको अविश्वासको प्रस्तावमा भोलि मतदान हुँदै थियो । अहिले लुम्बिनीको प्रदेशसभामा ८१ सदस्य रहेका छन् । कुल ८७ सदस्य रहेको प्रदेशसभामा माओवादीबाट एमालेमा प्रवेश गरेका २ र राजपाका ४ जना सदस्य पदमुक्त भएसँगै सदस्य संख्या ८१ मा झरेको छ ।
अवश्विासको प्रस्ताव दर्ता गर्दा ४१ सांसदले हस्ताक्षर गरेको अवस्थामा पोखरेलको अविश्वास प्रस्ताव पास हुने निश्चितप्रायः थियो ।