काठमाडौं । मेगा बैंकको नाफा ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा मेगा बैंकले २ अर्ब ३० करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो ।
मेगा बैंकको नाफा बढ्नुमा ब्याज आम्दानी तथा शुल्क तथा कमिसन आम्दानीके प्रमुख भूमिका छ । यो अवधिमा मेगाले खुद ब्याज आम्दानी ४ अर्ब १७ करोडबाट बढाएर ५ अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, शुल्क तथा कमिशन आम्दानी ४७ करोडबाट ५९ करोड रुपैयाँ पुगेको छ । व्यापारमूलक आम्दानी केही घटेको छ भने इम्पेरिमेन्ट चार्जमा करिब ८५ करोड रुपैयाँ छुट्याएको छ ।
नाफा २ अर्ब माथि पुगे पनि मेगा बैंकको वितरणयोग्य मुनाफा भने १ अबृ ५१ करोड रुपैयाँ मात्रै छ । १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकको लागि यो प्रतिशेयर १०.३० रुपैयाँ मात्रै हो । बैंकले यो वर्ष रिजर्भको आकार करिब ९० करोडले बढाएर ३ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ ।
यो वर्ष बैंकको निष्क्रिय कर्जा सामान्य घटेर १.२० प्रतिशतमा झरेको छ । कस्ट अफ फण्ड ५.२७ प्रतिशत र बेसरेट ७.६१ प्रतिशत रहेको छ । व्याजदर अन्तर भने ४.१६ प्रतिशत छ । हाल बैंकको पुँजीकोष अनुपात १२.९८ प्रतिशत छ ।


