images
images

एभरेष्ट बैंकको नाफा घट्यो, शेयरधनीलाई २६% लाभांश दिने क्षमता


  • 1.2K
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    एभरेष्ट बैंकको नाफा घट्यो, शेयरधनीलाई २६% लाभांश दिने क्षमता

    काठमाडौं । एभरेष्ट बैंकको नाफा यो वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा एभरेष्ट बैंकले १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्ष कमाएको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा ३८.९१ प्रतिशत कम हो । 

    यो वर्ष बैंकको ब्याज आम्दानी तथा कमिसन तथा शुल्कबाट प्रापत हुने आम्दानी समेत घट्दा नाफा नकारात्मक देखिएको हो । अघिल्लो वर्ष ५ अर्ब ३१ करोड रहेको खुद ब्याज आम्दानी यो वर्ष घटेर ३ अर्ब ९६ करोड रुपैयाँमा झरेको छ । त्यस्तै शुल्क तथा कमिसनबाट प्राप्त हुने खुद आम्दानी पनि १ अर्ब १ करोडबाट ७७ करोडमा झरेको छ । 

    यो वर्ष बैंकले व्यापारमूलक आम्दानीबाट करिब १० करोड र अन्य सञ्चालन आम्दानी करिब १४ करोड बढाए पनि नाफा वृद्धिका लागि त्यो पर्याप्त भएन । त्यसो त बैंक यो वर्ष कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा समेत निकै मितव्ययी देखिएको छ । 

    नाफा राम्रो नदेखिए पनि बैंकले २ अर्ब ३६ करोड रुपैयाँ वितरणयोग्य नाफा देखाएर लगानीकर्तालाई आशावादी बनाउन सफल भएको छ । हाल ८ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको बैंकका लागि यो वितरणयोग्य नाफा प्रतिशेयर करिब २६.४३ प्रतिशत हो । 

    बैंकले यो वर्ष निष्क्रिय कर्जा अनुपात ०.१२ प्रतिशतमा झर्न सफल भएको छ । कस्ट अफ फण्ड ४.४८ प्रतिशत, बेसरेट ५.९९ प्रतिशत, ब्याजको स्प्रेडदर ३.२४ प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात १२.५१ प्रतिशत रहेको छ । 


    images

    Logo