काठमाडौं । सिभिल बैंकले ५५ करोड नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा सिभिलले ५५ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा ५५ करोड ५० लाख थियो ।
उक्त नाफामध्ये सिभिलले ४९ करोड ८५ लाख रुपैयाँ शेयरधनीलाई वितरण गर्न सक्नेछ । नियामकीय रिजर्भबाट ५ करोड ६८ लाख रुपैयाँ फिर्ता आएपछि बैंकको वितरणयोग्य नाफा बढेको हो । यो आधारमा बैंकले ६.५७ प्रतिशत लाभांश दिन सक्छ ।
नाफामा उल्लेख्य सुधार गर्न नसके पनि बैंकले व्यवसायको आकार भने विस्तार गरेको छ । निक्षेप एकै वर्ष ३१ अर्बले बढाएर ८७ अर्ब पुर्याएको छ भने कर्जा ५२ अर्बबाट बढाएर ७९ अर्ब पुर्याएको छ ।
बैंकले निष्क्रिय कर्जा अनुपातमा उच्च सुधार गरेर १.०५ प्रतिशतमा झारेको छ । कस्ट अफ फण्ड उच्च भएको र कम ब्याजमा बजारमा लगानी गर्नुपरेका कारण बैंकको स्प्रेडदर भने २.५२ प्रतिशत मात्रै छ ।


