images
images

रुरु जलविद्युतको शेयर कारोबार सोमबारदेखि, कतिमा हुँदैछ पहिलो कारोबार?


  • 520
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    रुरु जलविद्युतको शेयर कारोबार सोमबारदेखि, कतिमा हुँदैछ पहिलो कारोबार?

    काठमाडौं । रुरु जलविद्युत्को शेयर कारोबार सोमबारदेखि हुने भएको छ । सो कम्पनीको शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै भोलिदेखि दोस्रो बजारमा कारोबार हुन लागेको हो । सो कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा थपिएको छ । 

    सो कम्पनीले ४ लाख ७ हजार कित्ता शेयर यसअघि सर्वसाधारणलाई दिएको थियो । सो शेयर बाँडफँटसँगै दोस्रो बजारमा कारोबारको तयारी भएको हो । सो कम्पनीको शेयरलाई नेप्सेले १ सय १८ रुपैयाँ ८४ पैसादेखि ३ सय ५६ रुपैयाँ ५२ पैसाको ओपनिङ रेन्ज दिएको छ । यसअनुसार को शेयर १ सय १९ पैयाँदेखि ३ सय ५६ रुपैयाँसम्ममा कारोबार हुन सक्नेछ । 


    images

    Logo