काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ५४ अंकले बढेर २ हजा ६ सय ६५ विन्दुमा पुगको हो । यो दिन कुल ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
बजारमा कुल १ सय ८२ कम्पनीको कारोबार हुँदा आइतबार १ सय ६२ कम्पनीको शेयरमूल्य बढेको छ । १३ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको मूल्य स्थिर छ ।
यो दिन सबैभन्दा बढी मूल्य विशालबजार कम्पनी, महिला लघुवित्त र सिंगटी हाइड्रोपावरले कमाएको छ । महिला लघुवित्त र सिंगटी भर्खरै आईपीओ आएको कम्पनी हो भने विशाल बजार ३ महिना अघि शेयर काराबार बन्द भएर एक साता अघि मात्रै कारोबार खुलेको कम्पनी हो ।
सबैभन्दा कम गुमाउने एभरेष्ट बैंकको प्रोमोटर शेयरले २ प्रतिशत मूल्य गुमाएको छ ।