images
images

सर्भरमा समस्या आउँदा सबै सरकारी वेबसाइट डाउन


  • 366
    SHARES
  • २०८० पौष १६ गते सोमबार

    सर्भरमा समस्या आउँदा सबै सरकारी वेबसाइट डाउन

    काठमाडौं ।  सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबार बिहान १० बजेदेखि डट जीओभी डट एनपी डोमेन रहेका सरकारी वेबसाइट खुल्न छोडेका हुन् । 

    सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । 

    सरकारी साइटहरुमा धेरै ट्राफिक आइरहेको केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले बताए । धेरै ट्राफिक आउनुको अर्थ साइटहरुमा कसैले आक्रमण गरिरहेको हुनसक्ने उनले बताए । अहिले ट्राफिक हटाउने काम भइरहेको र अत्यधिक ट्राफिक भएका साइट बाहेक अन्य साइट बिस्तारै खुल्दै गरेको समेत उनले बताए । 

    उनले सरकारी वेबसाइटहरुमा कहाँबाट आक्रमण भइरहेको भन्ने थाहा नभएको भन्दै भीपीएन प्रयोग गरेको हुन सक्ने बताए ।


    images

    Logo