काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरुको व्यापक सरुवा गरेको छ । अर्थमन्त्रीमा जनार्दन शर्मा आएपछि सहसचिवहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रालय अन्तर्गतका महाशाखा र विभागहरुमा सहसचिवहरु परिवर्तन गरिएको छ ।
सबैभन्दा बढी शक्तिशाली मानिने आन्तरिक राजश्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेल पुगेका छन् । यसअघि झक्कप्रसाद आचार्य सो पदमा थिए, आचार्यलाई मन्त्रालय तानिएको छ । राजश्व संकलनको अर्को प्रमुख केन्द्रको रुपमा रहेको भन्सार विभागको महानिर्देशक नारायण सापकोटालाई बनाइएको छ । यसअघि रहेका महानिर्देशक यामलाल भुसाललाई पनि मन्त्रालयमै फिर्ता बोलाइएको छ ।
मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखमा भुपाल बराल लगिएको छ । सो महाशाखामा रहेका सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ ।


