images
images

सहकारी पनि स्वास्थ्य बिमामा आबद्ध हुन पाउने


  • 276
    SHARES
  • २०८० माघ ४ गते बिहीबार

    सहकारी पनि स्वास्थ्य बिमामा आबद्ध हुन पाउने

    काठमाडौं । अब सहकारी संस्था पनि स्वास्थ्य बिमामा आबद्ध हुन पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्डले सहकारीले सञ्चालन गरेका स्वास्थ्य संस्थालाई पनि बिमामा आबद्ध हुन सक्ने व्यवस्था गरेको हो ।

    बोर्डले पुस ८ गतेदेखि लागू हुने गरी निजी, सामुदायिक तथा सहकारी संस्थाले दिएका आवेदनका आधारमा बिमामा आबद्ध हुन सक्ने सहमति दिने निर्णय भएको बिमा बोर्डले जनाएको हो । तर, सरकारीमा सेवा उपलब्ध नभएमा मात्र बिमितले निजी, सामुदायिक तथा सहकारी संस्थामा सेवा लिन पाउनेछन् ।

    त्यसैगरी बोर्डले हाल कायम प्याकेजको व्यवस्था हटाई ओपिडी टिकट ५० र इमर्जेन्सी टिकटको दुई सय रुपैयाँ तोकेको छ । यसअघि प्याकेजमा ओपिडी टिकट दुई सय र इमर्जेन्सीको चार सय रुपैयाँ थियो । त्यसैगरी नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित अस्पतालमा समेत बिमा लागू गर्न स्वीकृति दिने निर्णय गरेको छ ।


    images

    Logo