images
images

पोखरामा यसरी बन्दैछ देशकै दोस्रो ठूलो पेट्रोलियम डिपो, समयअगावै काम सकिने


  • 1.7K
    SHARES
  • २०७८ भाद्र ७ गते सोमबार

    पोखरामा यसरी बन्दैछ देशकै दोस्रो ठूलो पेट्रोलियम डिपो, समयअगावै काम सकिने

    काठमाडौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरा डिपो विस्तारको काम निर्धारित समयअघिनै सकिने भएको छ । कोरोना कहरका बीच निर्माण कार्य थालेको नौ महिनामै ८० प्रतिशत भौतिक प्रगति भएपछि आगामी वैशाख महिनाभित्रै डिपो विस्तारको काम सम्पन्न हुने देखिएको हो । 

    नेपाल आयल निगमले शुरु गरेको भण्डारण क्षमता वृद्धीको अभियान अन्तर्गत गण्डकी प्रदेशको पेट्रोलियम माग एक महिनालाई धान्ने गरी ५० लाख लिटर क्षमताका दुई वटा भण्डारण गृह निर्माण गर्न लागेको हो । सोही योजना अन्तर्गत २४ लाख लिटर क्षमताको पानी ट्यांकी, पम्प हाउस, गार्डरुम लगायतका भौतिक संरचना समेत निर्माण भइराखेका छन् । 

    20210820_152301.jpg

    निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार, डिपो निर्माण सुरु भएको नौ महिनामै ८० प्रतिशत भौतिक प्रगति भएको छ । भौतिक संरचना निर्माणको काम सकिने अवस्थामा पुगेसँगै मेकानिकल तर्फको काम समेत सुरु गरिएको कार्कीको भनाई छ । मेकानिकल कामका लागि चाहिने ९० प्रतिशत सामाग्री समेत भारतबाट निर्माण स्थलमा ल्याई सकिएका कारण निर्माणको काम समय अगावै सकिने अवस्था रहेको कार्कीको भनाई छ । 

    भुकम्प नाकाबन्दी, दैविप्रकोप लगायतका समयमा लामो समयसम्म यातायातका साधन सञ्चालन हुन नसकदा बिगतमा पेट्रोलियम पद्धार्थको बितरण असहज बन्दा उपभोक्ताले धेरै हैरानी खेप्नु परेको थियो । सोहि अवस्थालाई मध्यनजरगर्दै निगमले ९० दिनको भन्डारण गृह निर्माण तथा पुनरुत्थान कार्यअन्तर्गतको पहिलो परियोजनाका रुपमा पोखरा प्रादेशिक कार्यालयमा एक करोड लिटर डिजलको भण्डारण क्षमता बढाउने योजना अघि सारेको हो । 

    पोखरा डिपोमा हाल भएको भण्डारणले डिजल ११ दिन र पेट्रोलको माग दुई दिन मात्र धान्न सक्ने अवस्था रहेको छ । थप एक करोड लिटर डिजलको भण्डारण निर्माण सम्पन्न भएपछि हाल डिजल र मट्टितेल भण्डारण गरिएका स्थानमा पेट्रोल भण्डारण गरी पेट्रोलको भण्डारण क्षमता समेत बढाइने प्रादेशिक प्रमुख कार्कीले बताए । भण्डारण क्षमता विस्तार भएपछि पेट्रोल र डिजेल ३० दिनलाई पुग्ने गरी भन्डारण गर्न सकिने कार्कीको भनाई छ । 

    हाल पेट्रोल ३५० किलो लिटर, डिजल २२ सय ८० किलो लिटर, क्षमताको डिपोबाट सात जिल्लामा पेट्रोलियम पद्धार्थ बितरण गर्दै आएको छ, गण्डकी प्रादेशिक कार्यालयले । तनहुँ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा पोखरा डिपोबाट पेट्रोल, डिजल, मट्टितेल वितरण हुंदै आएको छ । पछिल्लो पटक गत फागुनमा मुस्ताङमा बिक्री केन्द्र खुलेसंगै पोखरा डिपोबाट तेल लग्ने जिल्लाको संख्या सात पुगेको हो । विगत ६ महिनामा मुस्ताङमा ६२ किलो लिटर डिजल बिक्री भएको बताइएको छ । 20210820_150844.jpg

    भ्याटबाहेक ७७ करोड रुपैयाँ लागत रहेको परियोजना नेपाली र भारतीय कम्पनि समानान्तर रेलिगेयर भारत ट्यांक जेभीले संयुक्त रुपमा निर्माण गरिरहेका छन् । आयोजनाका इन्जिनियरका अनुसार, हाल निर्माण कार्यमा २८ जना दक्ष भारतीयसहितका कामदार दैनिक १२ घण्टाबढी काम गरिरहेका छन् । 

    २०७७ कात्तिक २७ गते तत्कालिन उद्योग वार्णिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेपछि शुरु भएको परियोजना १८ महिनामा सक्ने सम्झौता थियो । केहि महिना कोरोनाका कारण लकडाउन हुंदा काममा अवरोध पुगेपनि निर्धारित समयभन्दा तीन् महिनाअघि निर्माण कार्य सम्पन्न गरेर निगमलाई हस्तान्तरण गर्ने उदेश्यका साथ काम अघि बढिरहेको निर्माण कम्पनिले जनाएको छ । 

     


    images

    Logo